जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरू

5.8k Shares

काठमाडौं, १२ जेठ । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ। 

कोटेश्वरस्थित होटेल तपोवनमा सुरू भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ। यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा संघ र प्रदेश सरकारको समीक्षा गर्ने पनि बताइएको छ। मधेस प्रदेशमा जनता समाजवादी पार्टीसँग उसको विवाद बढेको छ।केन्द्रमा भने बजेटपछाडि सरकारमा जाने तयारी रहेको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिएका छन्।

सम्बन्धित समाचार