भन्सार नाकाबाटै तस्करी

8.5k Shares

पर्सा । पर्साको प्रमुख भन्सार नाका इनर्वाबाट खुलेयाम तस्करी भैरहेको छ । सरकारले दिएको लक्ष्य अनुसार भन्सार कार्यालयहरूले राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा देशको प्रमुख भन्सार बिरगंजबाट तस्करी सुचारू हुनुले राजश्व संकलनमा झनै नकारात्मक असर परिरहेको छ । चोरी तस्करी नियन्त्रण गर्नका लागि भनेर सरकारले देशका प्रमुख भन्सार कार्यालय रहेका नाकाहरूमा सशस्त्र प्रहरी बलको तर्फबाट डिएसपीको कमान्डमा गुल्म राख्ने गरी जनशक्ति खटाएको छ । तर पनि चोरी तस्करी नियन्त्रण होइन झनै बढेको छ । सशस्त्र प्रहरीले प्रस्तावित गुल्म र बिओपीहरूमा सरूवा भएका डिएसपी एवं निरीक्षकहरू तस्करी गराई रकम संकलनतर्फ लागेको व्यापक जनगुनासो आएपछि एक बर्षको अबधि हटाएर छ महिनाको बनाए पनि तस्करी गराउने धन्दा रोकिएको छैन । झन् छ महिना त हो भन्दै यसरी जाने डिएसपी र निरीक्षकहरू खुलेयाम तस्करी धन्दामा सक्रिय भएको भेटिएको छ । अहिले पर्साको मुख्य भन्सार इनर्वाबाट सशस्त्र प्रहरी बलको सेटिङ र संरक्षणमा केही व्यक्तिहरूलाई तस्करीको लाइन दिएका छन् । यो भन्सारको प्रस्तावित गुल्मपतिमा डिएसपी देबेन्द्र बहादुर सिंह छन् । उनले तस्करी नियन्त्रण गर्नुको सट्टा झन लाइन खुला गरेका छन् । 
यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा भोला सोनार, शम्भु साह, नवराज, काली, चन्दा, मिरा, अम्बेवा समेतको महिला समूह, मोख्तारको श्रीमती समेत छन । उनीहरूले साइकल  बाइक, अटो  र टेम्पोको माध्यमबाट कपडा र काजुको ठूलो तस्करी गरिरहेका छन् ।
कारोवारीहरूसँग अरू कसैले नभएर डिएसपी सिंहले आंफै भेट्ने गरेको समेत गुल्मका प्रहरीहरू नै बताउँछन् । अरूलाई मैले चाहेर यहाँ आएको होइन भनेर रवाफ देखाउँछन् डिएसपी तर कारोवारीहरूसँग भने आंफै कहाँ बोलाएर भेट्छन् भन्दै एक हवल्दारले भने कारोवारीहरूले सशस्त्र प्रहरीलाई ३० हजारदेखि ५० हजारसम्म दिने गरेका छन् । तस्करी चालू र केही तस्करलाई लाइन दिएको सम्बन्धमा हाम्रो स्थानीय संवाददाताले डिएसपी सिंहको मोवाइल नम्बर ९८४११४––३१ मा बारम्बार सम्पर्क गर्दा उनले  म बाहिर छु त कहिले फोन नै उठाएनन ।

सम्बन्धित समाचार