लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँः चन्द्र ढकाल

7.6k Shares

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् । शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा उनले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए।

अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए। उनले व्यवसायीलाई प्रत्येक दुई÷दुई वर्षमा सिआइपी दिने गरे पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए। उनले एकद्वार सर्भिस छ भने पनि हुने नगरेको गुनासो गर्नुभयो। उनले छिटोभन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए। उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए।

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए। उनले निर्यात प्रवद्र्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

सम्बन्धित समाचार