बबिना भट्टराईको ‘पिरतीको गीत ’ सार्वजनिक

6k Shares

काठमाडौं । गायिका बबिना भट्टराईको नयाँ कोसेली 'पिरतीको गीत' सार्वजनिक भएको छ ।  पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली सङ्गीत बजारमा आएकी हुन् ।  

गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र सङ्गीत बबिनाले भरेकी हुन् । बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । 

म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।

सम्बन्धित समाचार