काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थितिप्रति उनले व्यङग्य गरे ।
‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ । एक जना बसेको हुन्छ । धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ । हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ । कुरा सुनाउनै पर्यो । कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन त्यो ।’यस्तै उनले काठमाडौँ जिल्ला मात्र नभएर देशको राजधानी पनि भएकाले यहाँको जिल्ला सम्मेलनको राष्ट्रिय महत्त्व रहेको बताए ।‘यो जिल्लाको नेपाली कांग्रेसको सम्मेलन भनेको महत्त्वपूर्ण सम्मेलन हो ,’ उनले भने, ‘काठमाडौँको सम्मेलनले राष्ट्रिय रुपमा महत्त्व राख्छ । राष्ट्रिय रुपमा प्रभाव पार्ने निर्णय तपाईँहरूले गर्नुहुने छ भन्ने विश्वास राख्दछु।
’सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह गरे । ‘सबुनलाई टिकट दिएन भन्ने कुरा आयो । अब टिकट दिएर पठाउँदा जिताएर पठाउनु । धन्यवाद भनौँला ,’ देउवाले भने ।