6.1k
Shares
काठमाडौं– भारतीय नम्बर प्लेटको गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद भएको छ।
सुनसरी प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
नक्कली नोटसहित प्रहरीले १ जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद छन्। गाडीमा सवार अर्का व्यक्ति भने फरार भएका बताइएको छ।