सर्वोत्तम सिमेन्टको आईपीओमा फागुन १३ देखि आवेदन दिन सकिने

18.6k Shares

काठमाडौं । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले अब निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपर्ने भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा फागुन १३ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार