14.6k
Shares
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक परिसूचक नेप्से ५.६३ अंकले बढेको छ । नेप्से ०.२८ प्रतिशतले बढेर १९६६.२३ को विन्दुमा पुगेको छ ।
यस दिन ७० लाख ५८ हजार ३९९ कित्ता सेयर तीन अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२.५९ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स क्षेत्रको समूहगत सूचक घटेको छ ।
ओरियन्टल होटेल्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ ।