काठमाडौँ । नेद्ल्याण्ड्ससँग नेपालले २ अर्ब रुपैयाँ रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा भएको दुईपक्षीय व्यापारमा नेपालले सो व्यापार घाटा ब्यहोरेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा नेदरल्याण्ड्सबाट २ अर्ब ७४ करोड ४२ लाख रुपैयाँको आयात भएको छ । यस्तै यो अवधिमा ७० करोड रुपैयाँको वस्तु नेदरल्याण्ड्सतर्फ निर्यात भएको तथ्यांक विभागको छ ।
यसअनुसार नेपालसँगको व्यापारमा नेदरल्याण्ड्स २ अर्ब ४ करोड १९ लाख रुपैयाँको नाफामा छ । गत आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपाललाई १ अर्ब ९१ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।सो अवधिमा नेपालमा नेदरल्याण्ड्सबाट २ अर्ब ७५ करोड २० लाख रुपैयाँको आयात भएको थियो । यस्तै नेपालबाट ८४ करोड रुपैयाँको निर्यात भएको थियो ।