काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न शाखाहरु खोली संचालित डाफोडिल स्कुल (Daffodil School) को व्यवस्थापनदेखि अभिभावकहरु रुष्ट भई नगरपालिकामा उजुरी दिएको पाइएको छ ।
बुडानिलकण्ठ नगरपालिका वडा नम्बर ६ सरस्वती नगर र सो नगरपालिकाको वडा नम्बर १० मा रहेको डाफोडिल स्कुलमा बच्चा पढाउँदा महँगो शुल्क लिए पनि शुल्कअनुसारको गुणस्तरीय शिक्षा नभएको र आफ्ना बाल्बच्चाको कमी कम्जोरी र त्यसको सुधारका बारेमा स्कुलमा गई छलफल गर्न जाँदा स्कुलको व्यवस्थापनले महत्वका साथ नहेरी उल्टै झारो टार्ने काम गर्दै आइरहेको अभिभावकहरुले नगरपालिकामा दिएको उजुरीमा उल्लेख छ ।
त्यस्तै, सो स्कुलले प्रत्येक आइतबार र सार्वजनिक विदामा स्कुल बन्द हुँदा विद्यार्थीहरुले अध्ययन गर्ने समय कम भएका कारण कोर्स नसकिँदा विद्यार्थीहरुलाई प्रेसर दिई कोर्स सकाउनका लागि बढी प्रेसर दिने गरेको कारण विद्यार्थीहरुले मानसिक तनाव झेल्नु परेको अभिभावकहरुले खोजतलाससँग गुनासो पोखेका छन् ।
अझ सो स्कुलले आइतबार र सार्वजनिक विदा परेको दिनको पनि दिवा खाजा, नास्ता र सवारी साधनको पनि रकम अशुल्ने गरेको अभिभावकहरुको गुनासो रहेको छ । सार्वजनिक विदाहरु जस्तै दशै, तिहारको एक महिना, जाडो महिना करिब झण्डै एक महिना, फाइनल इक्जामको एक महिना र अन्य विदा बाहेक करिब ३ महिना यस्तै हुने हुँदा एक महिनाको खाजा, नास्ताको मात्र छुट दिए जस्तो गरी अभिभावकबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ । अझ अभिभावकहरुले जति रकम तिरेर आफ्ना बालबच्चाहरुलाई पढाई रहेका छन् त्यो अनुसारको गुणस्तरीय शिक्षा नभएका कारण अभिभावकहरु आजित भई हस्ताक्षर अभियान नै चलाएर नगरपालिकामा स्कुलको बारेमा उजुरी हाल्न वाध्य भएका हुन् ।
सो स्कुलमा अध्ययन गर्ने शिक्षक शिक्षिकाहरुलाई पनि राम्रोसँग विद्यार्थीहरुलाई पठन पाठन गराउने वातावरण व्यवस्थापनले नगराएको पाइएको छ । स्कुलको व्यवस्थापकले स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको उचित शिक्षाको भन्दा पनि अभिभावकहरुसँग कसरी रकम असुल्न सकिन्छ भन्नेतिर बढी ध्यान दिने गरेको पनि शिक्षक शिक्षिकाहरुले गुनासो पोखेका छन् । व्यवस्थापकले शिक्षक र शिक्षिकाहरुलाई विद्यार्थीलाई पठन पाठनका लागि राम्रो वातावरण नबनाई उल्टै स्कुलै बन्द भए पनि मलाई मतलव छैन भन्दै यस्ता स्कुल त मेरो एउटा गाडी बेचर पनि आउँछ भन्दै उल्टै धाकधम्की दिने गरेका कारण राम्रा शिक्षिक र शिक्षिकाहरु कुनै पनि बेला सो स्कुल छाडी अन्यत्रै जाने मुडमा रहेको बुझिएको छ । व्यवस्थापनले चाहेका अवस्थामा कर्मचारीहरुलाई तुरुन्तै निकालि दिने र कर्मचारीले चाहेको बेला ३ महिना समय दिएर मात्र छाड्नु पर्ने अवस्था रहेको शिक्षक शिक्षिकाहरुले अभिभावकहरुसँग गुनासो पोखेको सो उजुरीमा उल्लेख गरिएको छ ।
अभिभावकहरुले नगरापलिकामा दिएको उजुरी ः