प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

12.2k Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको 'सो'मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । 

अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी 'सो' विवादमा तानिएपछि काउन्सिल आफैँ अनुगमन गरेको थियो । प्रारम्भिक अनुगमनका क्रममा 'सो' आपत्तिजनक देखाएपछि काउन्सिलले आज टेलिभिजनलाई पुर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

पुर्जीपछि काउन्सिलले अब टेलिभिजनका पदाधिकारीलाई बयानका लागि बोलाएर माफी माग्न लगाउने, सम्पादन गर्न लगाउने र कालो सूचीमा राख्ने सम्मको कारबाही गर्न सक्छ । 

कार्यक्रममा प्रस्तोताले सोधको प्रश्न र अतिथिले दिएका जवाफले कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकूल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । काउन्सिलको पत्रमा 'सो'का प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लबज समेतमा प्रश्न उठाएको छ । 

सम्बन्धित समाचार