एकैदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढ्यो सुनको मूल्य

12.9k Shares

काठमाडौं– नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ४० रूपैयाँ बढेको हो।

सम्बन्धित समाचार