घट्यो सुनचाँदीको मूल्य

10.8k Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । त्यो हालसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४८ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार