इजरायलद्वारा लेबनानमा हवाई आक्रमण, हिजबुल्लाह कमाण्डर मारिए

7.1k Shares

लेबनान । इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । सो आक्रमणमा हिजबुल्लाहका कमाण्डर फुआद शुकर मारिएको इजरायलले जनाएको छ ।  इजरायली हवाई आक्रमण लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको जनाइएको छ ।

गएको शनिबार इजरायल अधिनस्थ गोलान हाइटमा भएको आक्रमणमा शुकरको हात रहेको इजरायली दाबी छ ।  सो आक्रमणमा फुटवल मैदानमा रहेका १२ बालबालिका मारिएका थिए । यद्यपि हिजबुल्लाहले भने सो आक्रमण आफूले गरेको भन्ने कुरा अस्वीकार गरेको थियो ।

लेबनानका प्रधानमन्त्री नजीब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेख्दै इजरायली आक्रमणलाई आपराधिक कदम भएको जनाएका छन् ।  उनले यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत जनाएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार