
काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउँदा संक्रमण फैलिने त्रास भएकाले दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
उनले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगाय क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताए ।
भेटका क्रममा स्मार्ट सिटी, सडक बत्तीको महसुल र बागमती सभ्यता लगायत विषयमा फोरमको टोलीले मन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्नलायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने बताए ।