सरकारले ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने

2k Shares

काठमाडौं – पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पलेशलाई उक्त रकम पुरस्कार स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । ओलीले पलेशलाई प्रदान गरिने पुरस्कार रकममा कर छुट गरिने उल्लेख गरेका छन् ।


२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा पलेशाले के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जितेकी थिइन् । यो ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

सम्बन्धित समाचार