सुदूरपश्चिमको पोस्टमा एपीएफको १९ गोल

4.3k Shares

काठमाडौं । तीन खेलाडीको ह्याट्रिकप्रेरित एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ । जुन जारी प्रतियोगिताकै सबैभन्दा ठूलो जित हो ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन् । प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर र कुसुम खतिवडा समान दुई गोल थपिन् ।

यस्तै, सरु लिम्बु र रेनुका हमालले समान एक गोल थप्दा एपीएफले अर्को दुई गोल भने सुदूरपश्चिमकी सुमी राई र टिकेस्वरी साउदबाट आत्मघाति उपहार पाएको हो ।

एपीएफले खेलको पहिलो हाफमा ११ र दोस्रो आठ गोल थपेको हो । जितसँगै आठ खेलबाट २२ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ । एपीएफले हालसम्म प्रतियोगितामा हार बेहोरेको छैन । समान खेल खेल्दा पनि अंकविहीन सुदूरपश्चि तालिकाको पुछारमा छ । 

यसअघि, आजै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कोसी प्रदेशले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित समाचार