रोकियो ११ हजार विद्यार्थीको पढाइ

1.9k Shares

काठमाडौँ - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ। यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको आतबारसम्मको विद्यालय तथा विश्वविद्यालतर्फको क्षति विवरणअनुसार सबैभन्दा बढी तराईका विद्यालय प्रभावित बनेका छन्।

तेह्रथुमको इन्द्रसरोवर गाउँपालिकामा रहेको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ६ विद्यार्थीको पहिरोमा परी मृत्यु भएको पनि विवरणमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार तराईका सिरहा, सर्लाही, सप्तरी र पर्साका गरी कुल ४२ विद्यालय भवनमा क्षति पुगेको छ भने १० हजार ९ सय विद्यार्थीको पठनपाठन ठप्प बनेको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार रसुवा, सिन्धुली, तेह्थुम, मकवानपुर, हुम्ला, जाजरकोट, पाँचथर, मोरङ, सिरहा, सर्लाही, सप्तरी र पर्सामा धेरै विद्यालयमा क्षति पुगेको छ भने यी क्षेत्रका विद्यार्थीको पठनपाठन ठप्प बनेको छ। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार