टेक्नोको स्पार्क ३० सी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

2k Shares

काठमाडौं । नेपाली बजारमा टेक्नोले नयाँ स्मार्टफोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। कम्पनीले यो फोन जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको बताएको छ ।

फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ ।

स्पार्क ३० सीको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १६ हजार ४९० रुपैयाँ र आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १९ हजार ९९० रुपैयाँ रहेको छ ।

फोन गएको सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध भएको कम्पनीले बताएको छ ।

के छन् फिचर

फोनमा ५० एमपीको एचडी प्राइमरी क्यामेरा, ५००० एमएएचको ब्याट्री र १२० हर्ट्ज डिस्प्ले छ । यस्तै, १२ प्लस एक महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

टेक्नो नेपालका नेसनल पार्टनर सन्तोष भण्डारीले स्पार्क ३० सीले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको बताएका छन् ।

टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् ।

यो फोन अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रीन रङमा उपलब्ध छ । टेक्नोले ७० हजारभन्दा बढी देशमा आफ्नो बजार विस्तार भएको जनाएको छ ।

सम्बन्धित समाचार