भारतका चर्चित गायक जुबिन नौटियालको कन्सर्ट नेपालमा हुने

2k Shares

काठमाडौं । भारतीय गायक जुबिन नौटियालले नेपालमा गर्न लागेको कन्सर्टमा बाह्रखरी मिडिया डिजिटल मिडिया पार्टनर हुने भएको छ । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउन लागेको हो ।

नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४(मंसिर २९ गते शनिबार) मा हयात होटल परिसरमा हुनेछ । 

कन्सर्टको उद्देश्य अटिजम भएका व्यक्तिहरूसहित समावेशी समाज सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ । अटिजम भएका व्यक्तिले अटिजमसहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु नै प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

सन् २०२२ मा उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड प्राप्त गरेका नौटियालका 'मेरी मा के बराबर केही नहि', 'मेरे घर राम आए हे','मेरि जिन्दगी हे तु'लगायतका सयौं चर्चित गीत छन् । फाउण्डेसनले कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।

सम्बन्धित समाचार