1.6k
Shares
रसुवा । अविरल वर्षासँगै पहिरोका कारण बन्द रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय राजमार्ग आउँदो सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
गएको असोज १२ गतेदेखि अवरुद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि यातायात सञ्चालनमा ल्याउने सीमाक्षेत्रका समकक्षीले शनिबार टेलिफोनमार्फत जानकारी गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
रसुवागढी–केरुङखण्डअन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।