तेक्वान्दो संघको नेतृत्व तेक्वान्दो खेल बुझेकाले गर्नुपर्छ ः भद्रबहादुर

9.1k Shares

आफ्नो इच्छा, चाहना जुन क्षेत्रमा छ त्यो क्षेत्रमा सफलता हात पार्न  देशको जुसुकै ठाउँमा जन्मे पनि हात पार्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रुकुमका तेक्वान्दो खेलाडी तथा प्रशिक्षक  भद्र बहादुर खड्का ।
नेपालकै दुर्गम जिल्लाको रुपमा रहेको रुकुममा जन्मिएका भद्रले २०६१ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका हुन् । जुन बेला नेपालमा भूमिगत रहेको माओवादीका कारण देश नै अशान्त रहेको थियो । त्यो पनि रुकुम जिल्ला भनेको माओवादीको आधार शिविर रहेको जिल्लामा परिचित थियो । त्यस्तो समयमा पनि आफ्ना इच्छा, जोश जाँगरकै कारण पाँचौ डान भद्रले तेक्वान्दो खेल्न सुरु गरी अहिले तेक्वान्दो खेलका एक हस्तीको रुपमा परिचित समेत बनेका छन् ।
खेलाडीको रुपमा झण्डै नौ वर्ष निरन्तर खेलेका भद्रले स्थानीय तहदेखि राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागिता जनाई आफूलाई अब्बल खेलाडीको रुपमा परिचय दिइसकेका छन् । गुरु गोविन्द प्रशाद शर्माको प्रेरणाले तेक्वान्दो खेल्न सुरु गरेका भद्र आफू यहाँसम्म आउनुमा गुरुकै प्रेरणा भएको खुलेरै बताउँछन् ।
अहिले भोलेन्टियर प्रशिक्षकको रुपमा रहेका खड्काले रुकुम तेक्वान्दो डोजाङ स्थापना गरी झण्डै ५०÷६० जनालाई प्रशिक्षण दिँदै आइरहेका छन् । आफू खेल क्षेत्रमा लागेर धन सम्पत्ति कमाउनु भन्दा पनि यो क्षेत्रमा लागेर इज्जत, नाम, सम्मान र देशभरी साथीहरु बनाउन पाउँदा आफूलाई यसैमा सन्तुष्ट मिलेका खड्का बताउँछन् ।
खेलकुद क्षेत्रमा लागेर दैनिक जिविकोपार्जन र आफ्नो परिवारलाई उच्च शिक्षा दिनसम्म सक्ने अवस्था नेपालमा छैन । तर, पछिल्लो समय सामान्य दैनिक जिविकोपार्जन गर्न सक्ने सम्मको अवस्था केही खेलाडीहरुलाई भएको छ । तर, जति पनि राम्रा खेलाडी र खेल क्षेत्रमा लाग्नेहरु छन् उनीहरु नेपालमा आफ्नो र परिवारको भविष्य नदेखेकै कारण बिदेशिन बाध्य भएका छन् भने नेपालमा रहेर खेलकुद क्षेत्रलाई केही गर्नुपर्छ भन्नेहरु पनि अन्य पेशा अंगाल्न बाध्य छन् ।
आफू तेक्वान्दो खेल्न सुरु गरेदेखि नै दुर्गम जिल्लाको रुपमा रहेको रुकुममा रेड बेल्टदेखि नै जिल्लामो तेक्वान्दो विकासका लागि खट्दै आएको र आफू पनि खेल्नुका साथै प्रशिक्षण पनि दिलाउने कार्य हालसम्म पनि गर्दै आइरहेको खड्का बताउँछन्  ।
खड्का भन्छन् ‘मेरो मुख्य उद्देश्य भनेको निश्वार्थरुपमा तेक्वान्दो खेलको विकास र तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षण दिई राम्रो खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई पदक दिलाई नेपालको नाम विश्व सामु चिनाउने रहेको छ ।’
नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल तेक्वान्दो खेलको विकासको लागि भनेर गठन गरिएको नेपाल तेक्वान्दो संघको अधिवेशन आउँदैछ । यसमा तेक्वान्दो खेल बुझेको, खेलाडीको मर्म बुझेको, दुरदराजको खेलाडीको दुःख, पीडा बुझ्नेले नेतृत्व गरेको खण्डमा पनि तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक ल्याउन खासै गाह्रो नहुने खड्का बताउँछन्  ।
दुर्गम जिल्लाको रुपमा रहेको रुकु्ममा खेलाडीलाई प्रशिक्षणका लागि चाहिने खेलकुद सामाग्रीको अभावकै कारण पनि प्रशिक्षण दिँदै आइरहेको र खेलकुद सामाग्रीको अभावका कारण प्रशिक्षण दिन गाह्रो भएको गुनासो खोजतलाससँग खड्का पोख्छन् । राज्य र खेलकुद विकासका लागि गठन सम्बन्धित निकायले तेक्वान्दो प्रशिक्षणका लागि चाहिने अत्यावश्यक खेलकुद सामाग्री उपलब्ध गराए रुकुम जिल्लामा तेक्वान्दो खेलको राम्रो विकास हुने प्रशिक्षक भद्र बहादुर बताउँछन् ।

सम्बन्धित समाचार