2.5k
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँले बढेको छ। सोमबार र मंगलबार प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुन आज प्रतितोला नौ सय रूपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।