कोशी प्रदेश : भद्रगोल स्वास्थ्य मन्त्रालय, अस्पतालको अवस्था पनि उस्तै

1.5k Shares

विराटनगर । नागरिकको स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय आफैं भद्रगोल अवस्थामा पुगेको छ । मन्त्रालय मातहतका अस्पताल व्यवस्थापन पनि भद्रगोल अवस्थामा छन् ।

सर्वसाधारणलाई वितरण गर्ने औषधि खरिदका लागि आर्थिक वर्षको अन्त्यसम्म कुर्ने परम्परा छ । ‘आर्थिक वर्षका लागि छुट्याएको बजेटबाट अन्तिममा मात्रै औषधि खरिद गरिँदो रहेछ, जसले गर्दा जनताले समयमा नै औषधि पाएनन्,’ स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले भने, ‘असारमै बजेट बन्छ, तर आर्थिक वर्षको अन्तिममा मात्रै औषधि खरिद गर्ने परम्परा गलत छ ।’

दुई महिनाअघि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका मन्त्री राईले अब समयमा नै औषधि खरिद गरेर वितरण गर्ने बताए । मन्त्रालयको औषधि प्रदेश आपूर्ति केन्द्र मार्फत खरिद भएर मातहतका अस्पतालमा वितरण हुन्छ ।

अस्पताल छन्, मेसिन छैनन् । प्रदेश सरकार मातहतका अस्पतालको अवस्था झन् भद्रगोल छ । मातहतका ९ वटा जिल्ला अस्पतालका अधिकांश उपकरण चल्दैनन् । चल्ने उपकरण पनि सञ्चालन गर्ने जनशक्ति छैन ।

सम्बन्धित समाचार