1.8k
Shares
काठमाण्डौं। कैलालीको लम्किचुहा नगरपालिकाले महोत्सवका लागि सबै विद्यालयमा तीन दिन बिदा दिएको छ । नगरपालिकाले 'लम्की महोत्सव' मनाउन आज (शुक्रबार)देखि आइतबार (मंसिर १६ गते)सम्म तीन दिन स्थानीय बिदा दिएको हो । मंसिर ६ गतेदेखि शुरू भएको महोत्सव आइतबार नै सकिँदै छ ।
महोत्सवमा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी र विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भन्दै तीन दिन बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
महोत्सवका नाममा तीन दिन बिदा दिने नगरपालिकाको निर्णयको भने व्यापक विरोध भैरहेको छ । महोत्सवको बहानामा पठनपाठन बन्द गर्ने कार्य गलत भएको विरोध भएको हो ।