टुकुचाको दायाँबायाँ चार मिटर करिडोर निर्माण गर्न काठमाडौंका जनप्रतिनिधिको माग

2.1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग गरेका छन् ।

काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताए ।

काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार/चार मिटरको मापदण्ड तोकेको छ ।

सम्बन्धित समाचार