शुक्रबारदेखि बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

2.6k Shares

काठमाडौं– दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित समाचार