दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

2k Shares

लुम्बिनी– नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । 

नेपाल प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने भन्दै सवारी चालक तथा मजदुरको आँखा तथा स्वास्थ्य चेकजाँच गरिएको जनाएको छ । राजमार्ग र लामो दूरीका सवारी साधनका चालक र मजदुरलाई लक्षित गरेर स्वास्थ्य परीक्षण र आँखा शिविर सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। 

सार्वजनिक सवारीसाधन चलाउने चालकले लामो समय सवारी चलाउँदा शारीरिक अस्वस्थता तथा मानसिक तनावमा रहँदा पनि स्वास्थ्य जाँच गराउन चासो नदिई नियमित सवारी चलाउने गर्नाले दुर्घटना बढ्ने सम्भावना बढी भएकाले स्वास्थ्य जाँच अभियान थालिएको प्रहरी उपरीक्षक खत्रीले बताए।

यस्तै ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था हेर्न प्राविधिकमार्फत निःशुल्क सवारीसाधन प्राविधिक परीक्षण गर्ने गरेको छ । सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा तिनको प्राविधिक अवस्थामा ध्यान नदिने गर्नाले पनि दुर्घटनाका घटना बढेको भन्दै ट्राफिक प्रहरीको पहलमा सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षणसमेत गरिएको छ ।

सम्बन्धित समाचार