मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

2.5k Shares

खाँदबारी– यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । 

केन्द्रले सोमबार र मंगलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए।  

मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । 

वडा वडामा आँखा जाँच गरेर मोतिया बिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरूलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताए।

सम्बन्धित समाचार