
बागलुङ– यही माघ २२ देखि फागुन ३ गतेसम्म बागलुङका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपीभी लगाइने छ ।
माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ ।
खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, ६ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छ भने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ ।