नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी

1.7k Shares

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको बताएका छन् । सरकारले त्यसलाई सच्याउनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनलाई मातृभूमि आउँदा भिसा लगाउनु पर्ने प्रावधान संविधानको मर्मविपरीत रहेको बताए।

एनआरएन नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता लिइसकेकालाई दश वर्ष नि:शुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्।

एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए। यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने बताउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जिकिर गरे ।

सम्बन्धित समाचार