
काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ ।
अस्ति माघ ८ गते मङ्गलवार पक्राउ परेकाहरूमाथि थप अनुसधान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय जनाएको छ ।