1.9k
Shares

कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षकको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामकाजको भुक्तानी रोकिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको मङ्सिर २० गते सबै पालिकालाई शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न परिपत्र गरेको थियो । तर खाँडाचक्र नगरपालिकाले भने गएकाे कात्तिक महिनादेखि शिक्षकको तलब भत्ता भुक्तानी दिन सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृतको विषयले खाँडाचक्रम नगरपालिकामा विवाद छ ।