1.7k
Shares

जनकपुरधाम– नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण जनजीवन थप कष्टकर बनेको छ । मौसममा आएको अचानकको परिवर्तनले चिसो अत्यधिक बढेपछि सर्वसाधारणलाई राहत प्रदान गर्न धनुषा ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चिसोबाट प्रभावित जनतालाई न्यानो प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा दाउरा बाँड्ने कार्य सुरु गरेको छ ।
यस अभियान अन्तर्गत जिल्लाका मुख्य सडकहरूमा र विभिन्न ट्राफिक चेकपोस्टहरूमा सवारी साधन चालक र यात्रुहरूलाई केही बेर बस्न र न्यानो ताप्न आग्रह गरिएको छ ।