चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

2k Shares

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् ।

मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् ।

मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । तर भासिएको स्वर नखुलेपछि बिहीबार पनि उनी बालुवाटारमै भेटघाट बन्द गरेर आराम गरिरहेका छन् ।

बिहीबारका लागि तय भएका ओलीका कार्यक्रम सबै रद्ध भएका छन् । बिरामी परेपछि ओली बुधबार सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा सहभागी भएनन् ।

सम्बन्धित समाचार