1.7k
Shares

बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला लुम्बिनी र कर्णालीको भ्रमणमा छन् ।
बाँकेको नेपालगञ्जमा रहेर उनी विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । उनी बिहीबार बाँकेको खजुरा-३ स्थित धवलागिरी गाउँमा पुगे ।
उनी माओवादीका सहिद डम्बर रानाभाटको घरमा पुगेर खाना खाएका छन् । उनले माओवादीका सहिद परिवारसँग भेट गर्दै बिहानको खाना त्यही घरमा खाएका छन् ।
त्यसक्रममा क्रममा उनले सहिदहरू कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दु:ख पीडाको साथी माओवादी भएको बताए ।