1.9k
Shares

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण जहाज अवतरणमा भएको समस्या हटाउन नयाँ प्रणाली सञ्चालनमा आएको छ ।
विमानस्थलले आजदेखि 'रिक्वायर्ड नेभिगेशन पर्फमेन्स अथोराइजेशन रिक्वायर्ड' (आरएनपीएआर) लागू गरेको हो । यो प्रणाली लागू गरेपछि अब जम्मा ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्नेछन् । अहिले भैरहवामा अवतरणका लागि 'भेरी हाई फ्रिक्वेन्सी' (भीओआर) प्रणालीअन्तर्गत न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ ।
हिउँदको समयमा बाक्लो हुस्सुका कारण गौतमबुद्ध विमानस्थलको उडान र अवतरणमा निकै समस्या आएपछि नयाँ प्रणाली सञ्चालनमा ल्याइएको विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।