यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउनसमेत प्रतिबन्ध

5.4k Shares

न्युयोर्क, २८ कात्तिक। विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् । 

जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि एक सातामा २० लाख डलर खर्च लाग्छ । याचमा जिम, क्लब, स्विमिङ पुललगायतको सुबिधा छ ।

गेट्स फजुल खर्चका कारण विवादमा तानिएका छन् । उनको जन्म दिन मनाउन ठूलो रकम खर्चेर सहभागी भएका अर्बपति जेफ बेजोसको पनि आलोचना भएको छ । गेट्को जन्म दिन मनाउन बेजोस शुक्रबार हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।

टर्कीको तटमा रहेको बोर्डुममा आयोजित पार्टीमा जम्मा ५० अतिथिलाई बोलाइएको थियो । पार्टीमा गेट्सका केही आफ्न्त र अधिकांश धनाढ्य सहभागी थिए । 

पार्टी चार घन्टासम्म चलेको थियो । पार्टीमा स्याम्पेन, सुसी, पिजा र स्थानीय सीफुड वितरण गरिएको थियो । 

जन्म दिन मनाइरहेको स्थानमा त्यहाँ काम गर्ने व्यक्तिलाई फोन प्रयोग गर्न रोक लगाइएको थियो । सहभागीको गोपनियतालाई मनन गर्दै मोवाईल प्रयोगमा रोक लगाइएको थियो ।

जलवायु परिवर्तनबारे बेलायतको ग्लास्गो सहरमा विश्व सम्मेलन भइरहेका बेला गेट्सको महंगो पार्टी विवादमा तानिएको छ ।  कार्बन उत्सर्जन कटौती गर्न बेजोस र गेट्सले विश्वव्यापी अभियान नै चलाएका छन् । गेट्स र बेजोस सवार याच र हेलिकोप्टरले ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन गरेको छ ।

पार्टी सकिएपछि बेजोस फेरि हेलिकप्टरमै भएर फर्किएका थिए । 

सम्बन्धित समाचार