5.7k
Shares
काठमाडौं, फागुन २६ । आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको हो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्वको विधिवत सुरु भएको छ ।
आज विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । ङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका छन् ।