चिसोका कारण दिर्घ रोगीहरु भाइरसको संक्रमित बन्छन्

29.4k Shares

डा. सुमिर केशरी, फिजिसियन, सुमेरु अस्पताल, धापाखेल

जाडो मौशमका कारण विशेष गरी दिर्घरोगी, बच्चा बृद्धबृद्धाहरुमा विभिन्न भाइरसले संक्रमण गरेको पाइएको   जस्तो एडेनो भाइरस, कोरोना भाइरस, इन्फ्लुन्जा भाइरस, राइनो भाइरसहरु बढी सक्रिय भएकै कारण अस्पतालमा उपचारका लागि दिर्घरोगी, बच्चा बृद्धबृद्धाहरु बढी आउने गरेका छन्  यस्ता भाइरसको संक्रमण भएको अवस्थामा कस्तो लक्षण देखिन्छ, उपचार विधि, कसरी बच्ने भन्ने बारेमा सुमेरु अस्पताल धापाखेलका फिजिसियन डा. सुमिर केशरीसँग खोजतलासले गरेको संक्षिप्त कुराकानी

  पछिल्लो समय कस्ता विरामीहरु उपचारका लागि आउने गरेका छन्् ?

अहिले धेरै जसो रुघा, ज्वरो, सुख्खा खोकी, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, कतिपयको छाती पनि दुख्ने समस्या लिएर आउने गरेको पाइएको  

यो समस्या के कारणले भएको हुनसक्छ ?

विशेष गरी जाडो मौशममा सक्रिय हुने भाइरस जस्तो एडेनो भाइरस, कोरोना भाइरस, इन्फ्लुन्जा भाइरस, राइनो भाइरसहरु बढी सक्रिय हुन्छन्  यिनीहरुले मानिसको शरीरमा संक्रमण गराएर रुघा खोकी, घाँटी दुख्ने निमोनियाजस्ता समस्याहरु गराउँछ  अरु कारण भनेको जो व्यक्ति दिर्घ रोगी छन् जस्तो मधुमेह, प्रेसर, धुम्रपान गर्ने, वृद्धवृद्धा, स्कुले बच्चाहरु विशेष गरी यी भाइरसले संक्रमण गर्ने देखिन्छ  दिर्घरोगी, बच्चाहरुलाई यीे भाइरसहरुले संक्रमण गरेपछि अस्पताल नै भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा सम्म पु¥याउने गर्छ 

यी भाइरसको संक्रमणबाट जोगिन कस्ता उपायहरु अप्नाउनुपर्छ ?

यी भाइरसबाट जोगिनका लागि विशेष गरी खानपिनमा ध्यान दिनुपर्छ  प्रोटिनयुक्त खानेकुराहरु खानुप¥यो  जस्तो मौशमी फलफुल (सुन्तला, कागती) खानुपर्छ  अर्को भनेको संक्रमणबाट जोगिन माक्सको प्रयोग गर्नुप¥यो  किनभने यो छिटै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ  जाडो मौशम भएका कारण बृद्ध, बच्चा दिर्घरोगीहरुलाई न्यानो बनाइ राख्नुप¥यो  रोगसँग लड्नसक्ने क्षमता बढाउनको लागि प्रत्येक वर्ष (इन्फ्लुएन्जा) भ्याक्सिन पनि लगान सकिन्छ  यो भ्याक्सिन प्रायः अस्पतालमा सहजै रुपमा लगाउन पाइन्छ  यो भ्याक्सिन अन्य भ्याक्सिनको दाँजोमा केही शुल्क बढी पर्ने गर्छ  विशेष गरी स्कुले बच्चालाई यस्ता भाइरसको संक्रमण देखिएको अवस्थामा बच्चालाई घर वा अस्पतालमा लगी उपचार गराई पूर्ण निको भएपछि मात्र स्कुल पठाउनुपर्छ  अन्यथा यी भाइरसबाट संक्रमित बच्चाबाट अन्य स्कुले बच्चाहरुलाई पनि सर्ने सम्भावना बढी हुन्छ  यसले महामारीकै रुपमा पनि लिन सक्ने सम्भावना बढी हुन्छ 

यी भाइरसको संक्रमण भएको अवस्थामा कस्ता लक्षणहरु देखा पर्छन् ?

सामान्य हिसावले भन्नुपर्दा रुघा, घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, सुख्खा खोकी लाग्ने, कसैकसैलाई सास फेर्न अप्ठ्यारो पर्नसक्ने, खान मन नलाग्ने, जिउ आलश्य हुने, टाउको दुख्ने, आँखा रसिलो हुने, कसैकसैलाई कान दुख्नेसम्म पनि हुनसक्छ  यो भाइरसले संक्रमण गरेका व्यक्तिहरुलाई सामान्य उपचार विधि अप्नाउँदा पनि तिनदेखि पाँच दिनपछि विस्तारै ठिक हुँदै जान्छ  तर, तिनदेखि पाँच दिनसम्म पनि ठिक नभएको अवस्थामा अस्पताल गएर डाक्टरको सल्लाह अनुसार उपचार विधि अप्नाउनुपर्ने हुन्छ  कसैकसैलाई भने यो भाइरसको संक्रमणले निमोनिया पनि गराएको पाइन्छ  यस्ता विरामीहरुलाई अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ  किनभने यस्ता विरामीहरुको अक्सिनको मात्रा घट्दै जाने हुन्छ  यस्तो अवस्थामा अन्य ब्याक्टेरियाले आक्रमण गर्नसक्ने हुन्छ  सोही कारण अस्पताल भर्ना भएरै उपचार गर्नुपर्ने हुन्छ 

यस्तो भाइरसको संक्रमण जाडो मौशममा मात्र हुन्छ कि अन्य मौशममा पनि देखिन्छ ?

यो भाइरसको संक्रमण जुनसुकै मौशममा पनि हुन्छ  तर, विशेष गरी गर्मी मौशममा तामक्रम बढी हुनाले पानीको बाफ बढी हुने भएकोले यी भाइरस बढी सक्रिय हुँदैनन् भने जाडो मौशममा हावामा पानीको बाफ कम हुने भएकोले यो भाइरस बढी सक्रिय भएकै कारण दिर्घरोगी, बच्चा बृद्धबृद्धाहरु बढी संक्रमित हुन्छन्  दिर्घरोगी, बच्चा बृद्धबृद्धाहरुमा रोगसँग लड्न सक्ने क्षमता कम भएकै कारणले यो भाइरसको संक्रमणको कारण अस्पतालमा बढी यस्ता विरामीहरु आउने गरेको पाइन्छ 

यसको उपचार विधि के होला ?

यसको उपचार विधी भनेको पहिलो घरेलु उपचार गरेर पनि हेर्न सकिन्छ  घरेलु उपचारमा अदुवा बेसार पानीमा उमालेर दिनको तिनचार पटकसम्म खान सकिन्छ  अर्को भनेको कागतीमा भिटामिन सी हुने भएकोले महमा पनि विभिन्न किसिमका भिटामिन पाइने भएका कारण कागती मह मिसाएर तातोपानी दिनको तिनचार पटक खाँदा पनि यस भाइरसको संक्रमणलाई ठिक पार्न सकिन्छ  यति गर्दा पनि ठिक नभएको अवस्थामा अस्पताल गई चिकित्सकको सल्लाह अनुसार उपचार विधि अप्नाउनुपर्ने हुन्छ  यस्तो भाइरसको संक्रमणले सास फेर्न गाह्रो, हन्हन्ती ज्वरो आउने, सहन नसक्ने गरी जिउ टाउको दुख्ने, होस गुमाउँदै जाने भएको अवस्थामा तुरुन्त अस्पताल आउनुपर्ने हुन्छ 

यस भाइरसको संक्रमणले दिगो रुपमा पनि समस्या आउने गर्छ ?

धेरै जसो बिरामीहरुमा पाँचदेखि सातदिनभित्रमा निको भएर गएको पाइएको   तर, निमोनिया नै भइसकेको अवस्थामा चाहिँ यसले लामो समयसम्म दुःख दिने हुनसक्छ  जस्तो निमोनियाका कारण फोक्सोमा दाग देखिने, गर्छ जसले पछिसम्म पनि स्वास प्रश्वासमा समस्या आउन सक्छ  यो भाइरसको संक्रमणका कारण पिनास हुनसक्ने भएकाले लामो समयसम्म टाउको दुख्ने, नाक बन्द हुने समस्या पनि आउन सक्छ 

घरेलु उपचार भन्नाले आफैले रुघा, ज्वरो टाउको दुखेको अवस्थामा सामान्य पसलमा गई मेडिकलवालाको सल्लाह अनुसार औषधी खाँदा हुन्छ ?

यस्तो कहिले पनि गर्नुहुँदैन  मेडिकलबाट थरीथरीका अनावश्यक एन्टीवायोटिक, स्टेरोइड जस्ता औषधी आफूखुसी प्रयोग गरेको पाइएको   जुन हाम्रो स्वास्थका

सम्बन्धित समाचार