देशमा सुरक्षा चुनौती बढ्दै गयो : प्रधानसेनापति

6.7k Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा चुनौती बढ्दै गएको बताएका छन् । महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औँ वर्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार सम्बोधन गर्दै उनले दिनदिनै सुरक्षा चुनौती बढ्दै गएको बताएका हुन् ।

नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति शर्माले भने, ‘हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन् झन् संवेदनशील र पेचिलो बन्दै गइरहेकाले आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको कुशलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइराख्नु आजको आवश्यकता हो ।’

मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कूटनीतिअनुरुप अगाडी बढ्दै गएकोसमेत शर्माले सम्बोधनका क्रममा बताए।

विपद व्यवस्थापन र उद्दारजस्ता कार्यमा क्षमता र हौसलाका साथ हरहमेसा तयारी अवस्थामा रहनु पर्ने प्रधानसेनापति शर्माले बताए ।

सम्बन्धित समाचार