9.1k
Shares
काठमाडौं/एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोगसो समुदायको विद्यालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथत्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यलयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खाने पानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर विजीनेसम्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो । साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।