काठमाडौं । देशको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन
विश्वविद्यालयका कलेजहरुमा चैत्र ५ गते हुने स्ववियू चुनावको चुनावी प्रक्रिया सुरु
भएको छ । चुनावका लागि १९ विद्यार्थी संघहरुले विश्वविद्यालयमा आज शुक्रवार दर्ता गरेका
छन् । दर्ता गरेकामध्ये अधिकांश विभिन्न राजनीतिक दलका भातृ संघ हुन् भने कुनैपनि दलसँग
नजोडिएको स्वतन्त्र विद्यार्थी समूह अर्को सशक्त शक्ति हो । यसपटक बहुपक्षीय प्रतिष्पर्धा
हुने देखिएको छ स्ववियू चुनावमा ।
त्रिभुवन विश्वविद्यालयमा १४ वर्षयता छात्र संघको चुनाव हुन
सकेको छैन । यसले ठूलो प्रश्न उठ्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा ६२ आंगिक र
एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । विभिन्न छात्र संघहरुले उम्मेदवार चयनलाई
बढाएका छन् । स्वतन्त्र विद्यार्थी समूहले अधिकांश क्याम्पसहरुमा यसअघि नै उम्मेदवार
तय गरिसकेको छ ।
स्ववियू निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । पदाधिकारीमध्ये
सभापति, सचिव र कोषाध्यक्ष र ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । अन्य
पदमा समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । उम्मेदवारी दर्ताको समय ११ मार्च बिहान
११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ । यो निर्वाचन विधुतिय भोटिङ मेसिनबाट
हुने त्रिभुवन विश्वविद्यालयको छात्र संघको चुनावको जिम्मेवारी पाएका प्राध्यापक तथा
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकका निर्देशक डा. पशुपति अधिकारीले जानकारी
दिए ।