कोरोना विरामीको उपचारका लागि बनाइएको बलम्बुस्थित अस्पतालमा घोटाला

2.5k Shares

काठमाडौँ । सरकारले केन्द्रीयस्तरमा कोरोना लागेका बिरामीहरूको उपचार गर्नाका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई प्रमुख अस्पतालका रूपमा घोषणा ग¥यो । त्यसैअनुरूप सरकारले आवश्यक बजेटसमेतको व्यवस्था गरेको छ । भवन निर्माणका लागि समेत सरकारले अस्पताललाई बजेट निकासा गरेको छ । कोरोना संक्रमित देखिएर अस्पतालमा भर्ना भएका बिरामी, उनीहरूको उपचारमा खटिएका मेडिकल टिम र सो सँग सम्बन्धित ड्युटीमा खटिएका कर्मचारीहरूलाई खाना ख्वाउनका लागि समेत सरकारले छुट्टै बजेटको व्यवस्था गरेको छ । यसका लागि करोडौँ रूपैयाँ राज्यकोषबाट खर्चिएको छ तर सशस्त्र प्रहरी अस्पतालको नेतृत्व सम्हालेका डिआइजी हरिश्चन्द्र अधिकारीले यस क्रममा कति गैरकानुनी र भ्रष्टाचारजन्य काम गरेका छन् भन्ने कुराको यथेष्ट प्रमाणहरू हामीलाई प्राप्त भएको छ ।

हाल सुदूरपश्चिमाञ्चल प्रदेशको प्रमुखका रूपमा सरुवा भए पनि बाढी पहिरोका कारण अवरुद्ध सडकको बहानामा दरबन्दीमा नगई अस्पताल प्रमुखका रूपमा कार्यरत रहेका डिआइजी अधिकारीले गरेको एउटा भ्रष्टाचारजन्य निर्णय हो– डिबी भेन्यु प्रालि बलम्बुलाई खानाको ठेक्का दिनु । उक्त अस्पताललाई सरकारले कोरोना उपचार अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि सो अस्पतालले उपचारार्थ आउने बिरामी, निजको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतलाई खानाको लागि टेण्डर आह्वान ग¥यो । मिलिभगतमा सो टेण्डर डिबी भेन्यु प्रालिलाई दिइयो । चन्द्रागिरी नगरपालिका वडा नं। १२ बलम्बु ठेगाना दिइएको डिबी भेन्यु प्रालि अहिले पनि सञ्चालनमा छैन । भेन्युको अहिले भवन भर्खर निर्माणाधीन अवस्थामा छ । भेन्यु नै नभएको तर दर्तामात्र भएको उक्त प्रालिलाई अस्पतालको प्रमुखको जिम्मेवारी लिएका डिआइजी हरिश्चन्द्र न्यौपानेले ठेक्का सम्झौता गरे । मितिसमेत नलेखिएको र सम्बन्धित व्यक्तिको हस्ताक्षरसमेत नरहेको केबल कम्प्युटरमा टाइप गरिएको एउटा पत्र अस्पतालको मेडिकल डाइरेक्टरका नाममा दिएको देखिन्छ । जुन पत्रमा लेखिएको छ–

‘श्रीमान् मेडिकल डाइरेक्टरज्यू,

एपिएफ अस्पताल बलम्बु ।

विषय– कोटेशन उपलब्ध गराइएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस अस्पतालमा कोरोना भाइरस उपचारार्थ आउने बिरामी र निजको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूका लागि तयार गरेको खानाको तालिका अनुसार प्रतिव्यक्ति प्रतिदिन मेडिकल स्टाफ तथा बिरामीहरूका लागि ७ सय ५० ९भ्याटसहित०को दरमा उपलब्ध गराउन सकिने व्यहोरा जानकारी गराउँछु । साथै खानाको तालिका, दररेट र संलग्न कागजातहरू पाना नं। ४ यसै साथ संलग्न राखी पेश गरेको व्यहोरा व्यक्त गर्दछु ।’

जबकि चिठीमा सम्बन्धित कर्मचारी वा सञ्चालक कसैको पनि नाम उल्लेख छैन । उता चैत्र २८ गते कोभिड १९ भाइरसको उपचारार्थ यस अस्पतालमा भर्ना हुने बिरामीहरू, निजको उपचारमा खटिएका मेडिकल टिम र सोसँग सम्बन्धित अन्य ड्युटीमा खटिएका कर्मचारीहरूलाई खाना ख्वाउन इच्छुक फर्महरूमध्ये सारभूतरूपमा योग्य फर्म छनौट गरी सिफारिश गर्ने सम्बन्धमा समितिका सदस्यहरूको बैठक बसी निम्नानुसार निर्णय गरियो समेत भनिएको छ । उपस्थित समिति सदस्यहरूमा प्राविधिक सप्रबउ डा। रूपक महर्जन अध्यक्ष रहेका छन् भने सदस्यहरूमा– प्राविधिक सप्रनाउ उमेश कडेल, लेखा अधिकृत निरीक्षक सन्तोष कुमार चन्द, प्राविधिक प्रहरी निरीक्षक ओमबहादुर काफ्ले र प्राविधिक प्रहरी निरीक्षक देवराम सुनुवार छन् । सो समितिले चैत्र २८ गते निर्णय नं। १ मा लेखेका छन्– यस अस्पतालमा भर्ना हुने बिरामीहरू, निजहरूको उपचारमा खटिएका मेडिकल टिम र सोसँग सम्बन्धित अन्य ड्युटीमा खटिएका कर्मचारीहरूलाई खाना ख्वाउन इच्छुक जम्मा ४ वटा फर्मले विभिन्न माध्यमबाट यस समितिसमक्ष दररेट र खानाको मेनु पठाएकोमा प्राप्त हुन आएको दररेटको तुलनात्मक तालिका अनुसार सबैभन्दा कम रकम कबोल गर्ने डिबी भेन्यु बलम्बुले पेश गरेको खानाको मेन्यु र दररेट विश्लेषण गर्दा सारभूतरूपमा प्रभावग्राही देखिएको हुँदा निज फर्मलाई उक्त कार्यको लागि श्रीमान् कार्यालय प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरियो । सोही अनुसार अस्पतालका प्रमुख रहेका डिआइजी हरिश्चन्द्र अधिकारीले चैत्र २८ गते डिबी भेन्युलाई कार्यादेश दिएका छन् । यहाँ अचम्मको कुरा त के छ भने यस भेन्युले बाहिरबाट खाना ल्याई बिरामी, उपचारमा खटिएका मेडिकल टिम र ड्युटीमा रहेकालाई खाना ख्वाउनुपर्नेमा त्यसो नगरी सशस्त्र प्रहरी अस्पतालको क्यान्टिनमा नै तयार गरी दिने गरिन्छ । अस्पतालकै क्यान्टिनबाट बिल काट्ने काम हुन्छ । यो सबै काम अस्पतालको क्वाटरमास्टरको जिम्मेवारी लिएका सई धर्म पण्डितले गर्दै आएका छन् । सई धर्म पण्डित डिआइजी अधिकारीका सबैभन्दा विश्वासिला पात्र हुन् । कुनै बेला सो अस्पतालमा १०३ जनासम्म बिरामी रहेका थिए भने यो समाचार तयार गर्दा २७ जना बिरामी र उपचारमा संलग्न एवम् ड्युटीमा खटिने मेडिकल टिम र कर्मचारीको संख्या १५ देखि २० जनाको रहेको छ । जबकि उपचारका लागि भर्ना भएका बिरामीहरूलाई ख्वाउने गरिएको खानामा धेरै विवाद यसअघि पनि निस्किसकेको छ । खानाको गुणस्तर अत्यन्तै कमसल भएको, फोहोर भएको, अस्पतालका बेडहरू थोत्रा, शौचालयहरू दुर्गन्धित भएका कुराहरू सार्वजनिक भइसकेका छन् । तर त्यसतर्फ भने अस्पतालको प्रमुखका रूपमा रहेका डिआइजी अधिकारीले कुनै ध्यान दिएका छैनन् ।

सम्बन्धित समाचार