एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

5.7k Shares

काठमाडौं,१ जेठ ।  नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा उनीमाथि छ । रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।

सम्बन्धित समाचार