खाली हात रिङ छिरेका कविराजको लोभलाग्दो उपलब्धि

कक्षा ६ मा पढ्दा मिल्ने साथी कृष्ण मजर्हनले तेक्वान्दो खेल्दा लगाइने कपडा (दोबक) किन्न ५ सय रुपैयाँ दिएर रिङ भित्र प्रवेश गरेका कविराज मालीलाई अहिले त्यो कुरा सम्झँदा कथा झै लाग्छ । उनी अहिले राष्ट्रिय निर्णायक तथा तेक्वान्दो प्रशिक्षक भइसकेका छन् ।
‘परिवारले मलाई तेक्वान्दो खेल्नका लागि आवश्यक पर्ने कपडा किन्न पैसा नदिँदा मेरो खेल्ने चाहना यत्तिकै मर्र्ने भो भन्ने लागेको थियो । तर साथी कृष्णले गुन लगाए’ उनले विगत स्मरण गर्दै भने, ‘आज मेरो सफलतामा मेरा अभिभावक नतमस्तक हुनुहुन्छ । छोराले तेक्वान्दोमा कमाएको नामले मेरा अभिभावकलाई गौरवान्वित बनाएको छ । परिवारले खुसी साट्दाको क्षणले उनलाई धेरै खुसी तुल्याउने गरेको छ ।’ भन्छन, ‘खाली हात रिङ भित्र प्रवेश गरेको मैले त्यसयता पछि फर्केर हेर्नु परेको छैन ।’
उति बेला सहयोग नगरे पनि अहिले मेरा अभिभावक मेरो सफलता देखेर खुसी छन् कविराज तेक्वान्दोले दिएको सफलता मापन गर्दै भन्छन्, ‘यो खेलले नै इज्जत तथा पैसा पनि दियो मलाई । रत्ति भर पनि पछुतो छैन । खेल क्षेत्रमा लागेपछि पढाइलाई त्यति ध्यान दिन भने सकिन ।’
चौथो डान ब्ल्याक बेल्ट भइसकेका उनी १२ वर्षको उमेरदेखि यो क्षेत्रमा लागेका हुन् । १६–१७ वर्ष अगाडि तेक्वान्दो खेल्न सुरु गर्दा परिवारको सहयोग थिएन उनी सम्झन्छन् साथीले सहयोग नगरेको भए अहिले म यहाँ कसरी पुग्थ्यें र ?
धापाखेल तेक्वान्दो डोजाङका गुरु प्रकाश महर्जनबाट प्रशिक्षण लिएर यो खेल क्षेत्रमा प्रवेश गरेका उनले २०१९ जुलाइमा बैंककमा सम्पन्न हिरोज इन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेर मुलुकको नाम अन्तराष्ट्रिय क्षेत्रमा चम्काएका थिए ।


तेक्वान्दो खेलाडी हुँदै उनी अहिले राष्ट्रिय निर्णायकको भूमिकामा क्रियाशील छन् । ५ वर्षअघिदेखि म राष्ट्रिय निर्णायकको भूमिकामा क्रियाशील छु’, नागदह तेक्वान्दो डोजाङको मुख्य प्रशिक्षक समेत रहेका कविले भने, रेफ्री भन्दा खेलाडी हुँदा सजिलो हुन्छ । प्रतियोगितामा निर्णायक कसैको पक्षमा लाग्न सक्दैन । निष्पक्ष निर्णय गर्न सक्नुपर्छ । निर्णायक पक्षपाती भयो भने खेल नतिजामा उलट पुलट हुन्छ । निर्णय गलत सावित भए कारवाही पनि हुन्छ ।’
अन्तर्राष्ट्रिय निर्णायक बन्ने लक्ष्य राखेका उनले भैरहवामा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ मा निर्णायकको भूमिका सफतापूर्वक निर्वाह गरेको थिए । राष्ट्रिय प्रतियोगितामा थोरै निर्णायकले मात्रै खेल खेलाउने अवसर प्राप्त गर्छन् उनले भने, ‘भैरहवामा भएको प्रतियोगितामा मैले त्यो अवसर प्राप्त गरे । निर्णायकहरूको बर्गीकरण गर्ने कुरा भइरहेको छ, तर त्यो बर्गीकरण भइसकेको छैन’ ।

निर्णायक बन्न वर्षै पिच्छे तालिम–प्रशिक्षण लिइरहनुपर्छ । वर्षमा ४–५ दिन तालिम–प्रशिक्षणमा बसेपछि खेलका नयाँ नियमबारे अपडेट भइन्छ उनले भने, ‘निर्णायक संवेदनशील मानिस हो । उसको निर्णय अन्तिम हुने हुँदा विवेक पु¥याएर निर्णय सुनाउन सक्नुपर्छ ।’ निर्णायक बन्नका लािग लिखित तथा प्रयोगात्मक परीक्षा दिनुपर्छ । हामीलाई तेक्वान्दोका मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले निर्णायकको तालिम दिने गर्नु हुन्छ ।
नेपालमा तेक्वान्दो खेललाई सफल खेलका रुपमा लिने गरिएको छ । छनोट चरण पार गरी नेपालका दुई जना संगीना वैद्य र दीपक बिष्टले ओलम्पिक प्रतियोगिता खेलेर इतिहास रचेको तेक्वान्दोमा नै हो । साफ गेममा राम्रो नजिता ल्याउन सफत भएको छ । तेक्वान्दोमा मात्रै लागेर मज्जाले जीवन जिउन सम्भव भइसकेको उनले भने, ‘कोच मात्रै हुँदा पनि सुविधा सम्पन्न जीवन जिउन सम्भव छ ।’
अहिले तेक्वान्दो खेललाई हेर्ने दृष्टिकोण राम्रो छ । स्कुल तह देखि नै खेलाडी आउन थालिसकेका छन् । नेपालमै सम्पन्न भएको १३औं सागले पूरा पनि गरिदिएको छ । सागमा तेक्वान्दोका ३४ खेलाडी सहभागी भए । तीमध्ये १२ खेलाडीले स्वर्ण जिते भने ५ खेलाडीले रजत । त्यस्तै ११ खेलाडीले कास्य पदक हात पारे । यो नतिजा नेपालका लागि ऐतिहासिक हो । किनकी तेक्वान्दोमा यो पटक कोही खेलाडी पनि पदक विहीन भएनन् ।
सुरक्षाका दृष्टिकोणबाट पनि तेक्वान्दो खेल सुरक्षित मानिन्छ । खेलाडीले रिङमा प्रवेश गर्नुअघि सुरक्षाका पर्याप्त प्रबन्ध गरेको हुन्छ’ कविराजले भने, ‘चेस्ट प्याड, हेड गार्ड, ग्रोइङ गार्ड जस्ता सुरक्षा उपकरण लगाएर खेलिने भएकाले यो सुरक्षित पनि छ ।’
अहिले ९९ प्रतिशत विद्यालयले विद्यालय तहमा तेक्वान्दो खेल खेलाइ रहेका छन् । स्कुल तहदेखि तेक्वान्दो खेलाउँदा बच्चाहरू स्वास्थ्य हुन्छन् । हाल कवि धापाखेलस्थित कल्याण बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।

कवि मुख्य प्रशिक्षक रहेको नागदह डोजाङलाई सरकारले कभर्ड हल निर्माणका लागि बजेट उपलव्ध गराएको छ । कभर्ड हल निर्माणका लागि प्रदेश सांसद राजकाजी महर्जनले मुख्य भूमिका निर्वाह गरेको उनी बताउँछन् । भन्छन्, ‘उहाँकै पहलमा प्राप्त भएको करिब १ करोड ६७ रुपैयाँको लागतमा कभर्ड हल निर्माण भइरहेको छ । करिब १ रोपनी जग्गामा कभर्ड हल निर्माण भइरहेको छ । करिब ५० प्रतिशत निर्माण भइसकेको छ ।’
नागदह डोजाङले उनकै नेतृत्वमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रव्यापी तेक्वान्दो प्रतियोगिता २०७६ आयोजना ग¥यो । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय स्तरका खेलाडीसहित ४ सय खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा २० जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता टिम च्यापियन्सलाई ५० हजार, द्धितिय हुनेलाई ३० हजार तथा तृतीय हुनेलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्