उपकार लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

2.1k Shares

काठमाडौ, ५  असार । उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले असार ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको २०७९ फागुन १८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार