कांग्रेस नेता महर्जनद्वारा सांस्कृतिक कार्यक्रमको उद्घाटन, माग्नेबुढा, निसा र काफ्लेले माघ १७ गते चापागाउँ थर्काउने

2.2k Shares

काठमाडौं । ललितपुरको चापागाउँमा माघ १७ गते बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सो सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय खेलकुद विभागका सचिव तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीन कृष्ण महर्जनले गर्ने आयोजकका सदस्य रमेश देशारले जानकारी गराएका छन् । 
चम्पापुर मिनि मार्केटले गोदावरी नगरपालिका चापागाउँको पुरानो बसपार्कभित्र बृहत् सांकृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । सो सांकृतिक कार्यक्रममा चार्चित हास्यकलाकार केदार घिमिरे ( माग्नेबुढा), एक सयभन्दा बढी नेता तथा कलाकारहरुको उस्तै स्वरको क्यारिकेचर गर्नसक्ने चर्चित कलाकार दिनेश काफ्ले, गायिका निशा देशार, मेरो एक्सको छम्मा...गीत गाएर पूरै भाइरल भएकी गायिका सिर्जना खत्रीका साथै चर्चित म्युजिक ब्यान्डले आ–आफ्नो प्रस्तुति दिने भएका छन् ।
उक्त कार्यक्रममा हजारौ दर्शकको सहभागिता रहने आयोजकले विश्वास गरेको छ । विगतमा पनि यस्तै सांस्कृतिक कार्यक्रमहरु हुँदै आइरहेको अवस्थामा कोरोना भाइरसका कारण हुन सकेको थिएन । 

सम्बन्धित समाचार