1.9k
Shares

काठमाडौँ/एनसेल प्रयोगकर्ताले अब हेलो सरकारमा निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् ।
हेलो सरकारले एक सूचना जारी गर्दै यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको र अब निः शुल्क कल गर्ने सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो ।
अब नेपाल टेलिकम र एनसेल दुबै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् ।
त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेललगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने हेलो सरकारले जनाएको छ ।
नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।