रुखलाई घेरेर ‘ट्री टावर’

सिन्धुली । सबैतिर भ्यु टावर निर्माण गर्ने लहर चलिरहेका बेला यहाँ फरक खालको ट्री टावरबनाइएको छ  । कमलामाई नगरपालिका१० को चँदाहा दोभानमा रुखलाई घेरेर भ्यु टावरजस्तै देखिने गरी ट्री टावरबनाइएको हो  

नगरपालिकाले कमला नदी पार गरेर पुगिने चँदाहा दोभानमा सिमलको रुखलाई घेरेर चारतले टावर बनाएको छ। करिब २७ लाख लगानीमा चँदाहा दोभानमा वनभोजस्थल निर्माणअन्तर्गत सिमलको रुखलाई घेरेर टावर निर्माण गरिएको स्थानीय रामजी पाठकले जानकारी दिए। चँदाहा दोभानमा चरिचरन मुक्त क्षेत्र बनाएर जंगलको संरक्षणसमेत गरिएको उनले बताए। दोभानमा भएकामध्ये सबैभन्दा ठूलो सिमलको रुखमा टावर बनाएको हो

टावरबाट कमला नदी, खोंचका फाँट र तराईको दृश्यावलोकन गर्न सकिने स्थानीय कृष्णहरि घिमिरे बताउँछन्  यो नयाँ किसिमको प्रयोग हो, यसबाट वनभोज खान आउने र अन्यलाई दृश्यावलोकन गर्न सहज हुन्छ,’ उनले भने। चँदाहा दोभानमा वनभोज खानेको लर्को लागेपछि पर्यटन शीर्षकको लगानीबाट ट्री टावर बनाइएको कमलामाई नगरपालिकाका इन्जिनियर आस्तिक बरालले जानकारी दिए  । रुख टावर, सिटिङ चियर, खानेपानी ट्यांकी लगायत काम ठेक्कामार्फत २७ लाखमा सम्पन्न भएको वडाध्यक्ष कैलाश ढुंगेल बताउँछन्  


तपाइको प्रतिक्रिया दिनुहोस्